काठमाडौँ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेन जेड युवालाई वार्ताको आह्वान गरेका छन् ।
जेन जेड अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका हुन्।
संवादबाटै समाधान खोज्नुपर्छ भनेर आफूहरूले टेलिफोन गरेको प्रजिअ मिश्रले बताए । उनले भने, ‘आन्दोलनरत जेन जेड अगुवालाई टेलिफोन गरेर बताएका लागी बोलाएका छौँ, हामी पर्खिरहेका छौ आउने बित्तिकै वार्ता सुरु हुन्छ ।’







