काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक सभा गरेरै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार आगामी ८ मंसिरमा पोखरेलले एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नेछन् । राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेरै अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
मंसिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रो पटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।
तर जेन जेड आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् ।







