काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापालाई दिइएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आजबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।







