२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

अ+ अ-

काठमाडौँ । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत राम मन्दिरको प्रांगणमा आज तिलकोत्सव विधि सम्पन्न भएको हो । 

जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भार लिएर राम मन्दिर पुगेका थिए। 

तिलकोत्सवमा उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एक अर्कालाई अंकमाल गरेर सम्धी मिलन गरे । उत्तराधिकारी महन्थ दासले दुलहा पक्षका महन्थ गिरीलाई भार हस्तान्तरण गरे । 

अब सोमबार मटकोर विधि, मंगलबार विवाहपञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम हुनेछ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।