२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गरियोस् : युवा नेता रक्षा बम

अ+ अ-

काठमाडौँ । नेपाल जेन जी फ्रन्टकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशासन सरकारकी प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न र उनले आफ्नी श्रीमतीसहितका नातेदार तथा परिवारका सदस्यहरूलाई प्रधानमन्त्रीको सचिवालयमा दिलाएका सबै नियुक्ति तुरुन्त खारेज गर्न माग गरेकी छन्।

जेन जेड विद्रोहको भावना र बलमा गठन भएको वर्तमान नागरिक सरकारको संवेदनशील अवस्थामा समेत नातावाद र कृपावादलाई प्रश्रय दिँदै प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्ना परिवारका सदस्य तथा नातेदारहरूलाई जागिर लगाएको खुलासा भएपछि नेता बमले यस्तो कडा माग राखेकी हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्तिमा रक्षा बमले लेखेकी छन् “सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?”

उनले थप लेखेकी छिन् : “जेन–जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौँदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एक पटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन-जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ प्रत्यक्ष रूपमा जेन–जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुने गरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेन-जी फ्रन्ट जोडदार अपिल गर्दछ”

अन्त्यमा नेता बमले चेतावनी दिँदै लेखेकी छन् : “प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सो को सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानूनी व्यवस्था गरी त्यसको कार्यान्वयन । जेन-जी विद्रोहको म्यान्डेट नातावाद, कृपावाद, स्वेच्छाचारिता र मनपरी होइन, न्यायोचित प्रक्रिया र पारदर्शिता हो । यसको प्रतिकूल हुने गरी राज्य संयन्त्रमा देखिएका यस्ता विकृतिका विरुद्ध नेपाल जेन-जी फ्रन्ट निरन्तर सतर्क, मुखर र सङ्गठित भएर उभिनेछ ”

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको विषय यति बेला चर्चामा छ ।

पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएको, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएको र नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि नियुक्त गरेको भन्दै प्रमुख स्वकीय सचिव श्रेष्ठको आलोचना भई रहेको छ । यसबारे उनको भनाई लिन खोज्दा मोबाइल अफ छ ।