२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच एकताको औपचारिक घोषणा

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण देखा परिरहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच पनि एकताको औपचारिक घोषणा हुने भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहबीच एकताको घोषणा सभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीचको एकता घोषणा समारोह मंसिर १० गते हुने भनिएकोमा अब एक दिनपछि अर्थात् मंसिर ११ गते बिहीबारका दिनका लागि सारिएको हो ।

देशभरका विभिन्न भागमा रहेका नेता एवं अगुवा कार्यकर्ताहरूलाई आफूहरू पनि घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए ।

नेता सुवेदीका अनुसार घोषणा सभा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ ।

एकता सभालाई भव्य बनाउन भोलि मंसिर १० गते सोह्रखुट्टे स्थित नेपा: राष्ट्रिय बैंकेटमा जसपाका नेता तथा कार्यकर्ताहरूको भेला आयोजना गरिएको छ । एकता समारोहमा नेपाली कम्मुनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।