काठमाडौँ । राप्रपा नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ । प्रतिनिधि सभाको आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि मंगलबार निर्वाचन आयोगमा राप्रपाले दल दर्ता गरिएको हो ।
आजै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।







