२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापन पत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । 

समाजका संयोजक साहेब अहमद(गुड्डु)नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

ज्ञापन पत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै यी संस्थाले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आएकाले आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावमा ती संस्थालाई काम गर्न गाह्रो भएकाले बोर्ड गठन गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।

संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीति प्रदेश सरकारले अघि सार्नुपर्ने समाजका संयोजक साहेब अहमदले माग गरे । 

ज्ञापन पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको माग आफूले गम्भीर रूपमा लिएको र त्यसलाई सम्बोधन गर्नका लागि प्रयास गर्ने बताए। उनले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको चर्चा गर्दै प्रदेश सरकार सबै धर्म संस्कृतिको रक्षा गर्न प्रतिबद्ध भएको उल्लेख गरे ।