२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विश्वविद्यालयका चार जना प्राध्यापक र सहप्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका चार जना सहप्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दाबी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

छनौट समितिमा रहनेमा संयोजक प्राध्यापक डा. जया लक्ष्मी प्रधान र सदस्यहरू प्राध्यापक डाक्टर मोतीलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् ।

झुटो विवरण पेश गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईँ छन् ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यसक्रममा छ जनाको आवेदन परेको थियो ।प्रतिस्पर्धीहरूमध्ये एक जना छनौट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो ।

प्रतिस्पर्धीमध्ये एक डिल्लीराम प्रसाईँले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडी डा. लेखेका थिए । र पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए ।

उनले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिन्छ । तर उनले उपाधि नपाउँदै पीएचडी गरेको भनी कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे ।

तर ५ पुसमा डीन कुसुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरे पनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो । उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ ।

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियारले प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो । उनी बाहेक छनौट समितिमा रहेका तीन जनामाथि पेश भएको झुटो विवरण स्वीकार गरेको आरोप छ ।