काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व अनुसन्धान विभाग र यस मातहतका कार्यालयमा कार्यरत तीन जना उपसचिव तथा १२ जना शाखा अधिकृत गरी कुल १५ जना अधिकृत स्तरीय कर्मचारीको सरुवा गरेको छ।
राजस्व अनुसन्धान विभागलाई हालै अर्थ मन्त्रालयअन्तर्गत राख्ने निर्णय भएपछि प्रशासन समूहका कर्मचारीलाई कटौती गर्दै राजस्व समूह थपिएको थियो। यसै क्रममा प्रशासन समूहमा कार्यरत उपसचिव र अधिकृतहरू स्वतः फाजिलमा परेका थिए। मन्त्रालयले विगत बुधबार ती सबै कर्मचारीलाई आफ्नो अतिरिक्त समूहमा सारिएको हो।
अब क्रमशः उनीहरूलाई विभिन्न संघीय निकाय तथा रिक्त रहेका स्थानीय तहहरूमा दरबन्दी मिलान गरी स्थायी रूपमा व्यवस्थापन गरिने अधिकारीहरूले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ।
यद्यपि, यो निर्णयप्रति सिंहदवारभित्रै असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्। केही अधिकारीहरूका अनुसार, विभागलाई अर्थ मन्त्रालयमा सार्नुको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै राख्नु उपयुक्त हुन्थ्यो। काम गर्ने र नियमन गर्ने दुवै जिम्मेवारी एउटै निकायमा र एउटै समूहका कर्मचारीबाट हुँदा साँठगाँठ बढ्ने तथा विभागको अपेक्षित भूमिका पूरा नहुने तर्क उनीहरूले गरेका छन्।
सूची :







