काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मङ्सिर ८ गतेबाट उत्तर पश्चिम पृतना हे.क्वा. सुर्खेतमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको हो ।
समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले २४ जना सञ्चारकर्मीहरूलाई बधाईसहित प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ९ वटा एफ.म.रेडियो स्टेसनहरूलाई जनसम्पर्क तथा सूचना निर्देशकबाट प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएका थिए ।
साथै नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया तथा स्थलगत अध्ययन भ्रमणसमेत गराइएको थियो ।








