काठमाडौँ । तीन अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । संघीय संसद् सेवाका तीन अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।
बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले कम्प्युटर अधिकृत शैलेन्द्र घिमिरे, शाखा अधिकृतद्धय भानु पोखरेल र प्रमीला पौडेल गौतम उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
उनीहरूलाई कार्यक्षमता मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले प्रशासनलाई बताए ।







