काठमाडौँ। सशस्त्र प्रहरी बलमा रिक्त डीआईजी र रिक्त हुनुपूर्व नै एक एसएसपी बढुवा सिफारिस भएका छन् ।
डीआईजी कालिदास धौवजी अवकाश भएपछि रिक्त रहेको डीआईजीमा एसएसपी कृष्णराज पाठक बढुवा सिफारिस भएका हुन् ।
पाठकको बढुवासँगै रिक्त हुने एसएसपीका लागि समिक महर्जन सिफारिस भएका छन् ।
पाठक र महर्जन दुवै आ-आफ्नो दर्जाका वरिष्ठ अधिकृत हुन् । अघिल्लो बढुवामा उनीहरू छुट्दै आएका थिए । दुवैको सेवा अवधि कम छ ।









