काठमाडौँ। राष्ट्रिय युवा संंघका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनाप्रति आत्मालोचना गरेका छन्।
आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत उनले युवा जागरण अभियानका क्रममा महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर प्रदेश गरिरहेका युवा र राष्ट्रिय युवा संघका कार्यकर्ताबिचको विवाद र हात हालाहालको घटनाबारे क्षमा मागेको हुन् ।
उनले युवा पुस्तालाई राजनीतिमा आउन र राजनीतिबाटै भ्रष्टाचार लगायतका समस्या हल गर्न सुझाव दिएका थिए । दल बलियो भए मात्रै लोकतन्त्र बलियो बन्ने उनको तर्क थियो ।
‘हिजो घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु । तपाईँहरू मेरो भाइ भाइ बहिनी हो आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ । आउनुहोस् भ्रष्ट्राचार ढालौँ । दल सुदृढ नभए लोकतन्त्र बलियो हुन्छ ’उनले भनेका थिए।
राष्ट्रिय युवा संघका नेताहरू विमानस्थलबाट कार्यक्रम स्थलमा आउँदा विवाद भएको भन्दै उनले भने, ‘धक्कामुक्का भएको हो । उता एउटा महिला आफै लड्नु भएको हो तर युवा संघले कुटेको भनेर हल्ला गरियो ।’
राष्ट्रिय युवा संघले पूर्व तयारीसहित गरेको कार्यक्रममा बाध पुराउन नआउनु पर्ने भन्दै त्यसबीचमा भएको घटनाप्रति उनले आत्मालोचना गरेका थिए ।
नेताहरू भ्रष्टाचारबाट चोखो नभएको भन्दै आफूले पनि पटक पटक त्यसको विरोध गरिरहेको उनले बताएका थिए ।
‘नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन । यहीँ धनगढीका होटेलहरूमा योजनाको कमिसनमार्फत १०-१० प्रतिशत मागेको कुराको हामीले विरोध जनाएका थियो ’ उनले जेन जेड युवाहरूलाई आह्वान गर्दै भने, ‘आउनुहोस् सबै मिलेर भ्रष्टाचार मुक्त देश बनाऊ । ’
जेन जेड युवाहरूलाई अरूले बहकाएर आन्दोलनमा उकासेको भन्दै त्यस्ता प्रवृत्तिको सबै विरोध गरिरहने उनको भनाइ थियो । उनले जेन जेडको आन्दोलनपछि बनेको सरकार पनि जेन जेड जेडको विपक्षमा रहेको तर्क गरेका छन् ।







