२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण: डेपुटी सिइओ मणिराम पोखरेल, चिफ रिस्क अफिसर रिवास श्रेष्ठ पनि पक्राउ 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रभु बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ। यससँगै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीनै जना शीर्ष अधिकारीहरू पक्राउ परेका छन्।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तरगतको कसूरमा उच्च अदालत पाटनको पक्राउ अनुमतिसमेत लिई अनुसन्धानका लागि यी अधिकारीहरूलाई पक्राउ गरिएको हो।

”आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरूको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंक लि. का कार्यकारी अधिकृत अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लि. लाई हानी नोक्सानी पुऱ्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका तपसिलमा उल्लेखित व्यक्तिहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति समेत लिई मिति २०८२/०८/१४ पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको छ” सीआइबीद्वारा विज्ञप्तिमा उल्लेख छ । 

प्रभु बैङ्कमाथि ठूलो परिमाणमा अनियमित कर्जा प्रवाह, कर्जा स्वीकृतिमा गम्भीर लापरबाही, जोखिम मूल्याङ्कनमा कमजोरी तथा बैंकिङ नियमको उल्लङ्घन गरेको आरोप छ। सीआईबीले बैंकका विभिन्न शाखा तथा केन्द्रीय कार्यालयबाट कागजातहरू बरामद गरिरहेको र अनुसन्धानलाई अझ विस्तार गर्दै लगेको जनाएको छ।