२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेमा नेतृत्व परिवर्तन हुँदैन’ : सूर्य थापा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै आधार नभएको जिकिर गरेका छन् । केपी शर्मा ओली नै एमालेको विवादरहित विकल्प रहेको उनको भनाइ छ ।

प्रेस चौतारीले रूपन्देहीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले अहिले प्रतिस्पर्धा गर्ने समय नै नभएको र केपी ओलीलाई टक्कर दिने नेतृत्व पार्टीमा कोही हुन नसक्ने दाबी गरे ।

थापाले ईश्वर पोखरेलले पनि महाधिवेशनको तयारी नगरेकाले अहिले प्रतिस्पर्धाको प्रसंग उठाउनु उपयुक्त नभएको बताए । उनले भने, ‘भदौसम्म कुनै तयारी थिएन, अहिले प्रतिस्पर्धा गर्ने समय होइन ।’

सडकबाट उठेका मागका आधारमा पार्टी नेतृत्व परिवर्तन नहुने भन्दै उनले एमालेभित्र ओलीकै सशक्त पकड रहेको बताए ।

‘एमालेको अध्यक्ष केपी ओली हुनु हुँदैन भनेर सडकमा आवाज उठ्यो भन्दैमा नेतृत्व फेरिँदैन । देउवा र प्रचण्डले पनि नेतृत्व छाड्नुपर्छ भन्ने कुरा गर्छन्, तर अरूको एजेन्डा पूरा गर्न हामी बाध्य छैनौँ,’ उनले भने ।

एमाले र ओली राष्ट्रहितमा उभिएको कारण विभिन्न कोणबाट प्रहार भइरहेको उनको भनाइ छ । केन्द्रीय कमिटीमा ३७८ मध्ये १६ जनाले मात्रै फरक मत राखेको उदाहरण पेश गर्दै उनले ओलीमाथि समर्थन बलियो रहेको दाबी गरेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई विद्या भण्डारीलाई सहज बनाउन अघि सारिएको टिप्पणी गर्दै उनले ‘प्रचण्ड’को ‘सके मिल्ने नभए निल्ने’ प्रवृत्तिले नै अहिलेको राजनीतिक अस्थिरता देखिएको उनको टिप्पणी छ ।

फागुन २१ को निर्वाचनमा पनि कुनै विशेष तयारी नभएको उल्लेख गर्दै थापाले जित्दा क्या वात, हार्दा मुर्दावाद भन्ने स्वभाव भएका व्यक्तिहरूले प्रतिस्पर्धामा जानु नै व्यर्थ हुने टिप्पणी गरे ।