काठमाडौँ । १६ जना अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) बढुवा सिफारिस गरिएको छ ।
न्याय सेवा आयोगको सोमबार बसेको बैठकले नेपाल न्याय सेवा अन्तर्गत न्याय समूह, कानुन समूह, सरकारी वकील समूहका अधिकृतहरूलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको बढुवा सिफारिस गरेको हो ।










