२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इनरुवा-३ का मतदाता भन्छन्-‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

अ+ अ-

सुनसरी । सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मीसमेत परिचालन गरेको छ ।

निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् भने सुनसरीको विभिन्न ठाउँमा उम्मेदवारको चर्चासमेत सुरु भएको छ ।

आगामी फागुन २१ गतेलाई घोषणा गरेको निर्वाचनमा मतदान गर्न सुनसरी क्षेत्र नं ४ मा पर्ने इनरुवा नगरपालिका–३ का मतदाताले आफूहरू मतदान प्रतिक्रियामा सहभागी हुन प्रतीक्षारत रहेको प्रतिक्रिया दिएका छन् ।

आफूहरू मतदान गर्न आतुर भए पनि मतदाताको पहिलो प्राथमिकतामा विकास निर्माण र मुलुकको समृद्धि भएकाले निर्वाचित व्यक्तिले जनचाहना अनुसार कामलाई केन्द्रमा राख्नुपर्नेमा स्थानीय मुसनी सदाले जोड दिइन् । आगामी फागुन २१ गतेको निर्वाचन प्रक्रियामा सक्रियताका साथ सहभागी हुने जनाउँदै उनले आफूहरूको पहिलो प्राथमिकता र माग विकास निर्माण रहेको उनले बताइन् ।

इनरुवा–३ स्थित सदा बस्तीका स्थानीयले अहिले दूषित पानी उपभोग गर्नुका साथै सडक, सडक बत्ती, सार्वजनिक शौचालयलगायत समस्या झेल्दै आएकाले ती समस्या समाधान गरी स्थानीयको जीवन सहज बनाउनेतर्फ केन्द्रित व्यक्तिलाई मतदान गर्ने स्थानीय खट्टर सदाले बताए ।

इनरुवा नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि अहिलेसम्म सदा बस्तीका बालबालिका खुला स्थानमा दिसा पिसाब गर्न बाध्य रहेका स्थानीयले बताएका छन् । निर्वाचनका बेलामा खुट्टा ढोग्दै मत माग्न आउने नेता विजयी भएपछि नफर्किने भएकाले यो पटक निर्वाचनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने व्यक्ति छनोट गर्ने उनले उल्लेख गरे ।

विपन्न सदा समुदायका नाममा राजनीति गर्ने, चुनावी एजेण्डा बनाएर विजयी भएपछि सो समुदायका नागरिकको खबरसमेत लिन कोही नफर्किएका स्थानीयले बताएका छन् ।

“स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार केदार भण्डारी निर्वाचित भएका हुन् । त्यसयता उहाँ फर्किएर आउनुभएको छैन”, इनरुवा–३ का विजय सदाले भने । यस पटकको निर्वाचनमा सबैले मुलुक र नागरिकको हितमा काम गर्ने व्यक्ति छनोट गर्नुपर्नेमा उनले बताए ।