काठमाडौँ । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मार्तडीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।
दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।







