२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने, सांसदहरू मन्त्री बन्न नपाउने

अ+ अ-

काठमाडौँ । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको सिद्धान्त हर्कवाद बनाउने घोषणा गरेको हो।

प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए। हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ।

साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने सिद्धान्त अवलम्बन गर्नेछन्, राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ। 

त्यस्तै विज्ञहरूको समावेशी मन्त्रिपरिषद् बनाइने र सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने पनि उनको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने र संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै निर्वाचन प्रणाली पूर्ण समानुपातिक र प्रतिनिधि सभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने उनको सिद्धान्तमा उल्लेख छ।