२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खरेलको दाबी : ‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा आयोजित प्रभात फेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् ।

वर्तमान सरकारको कार्यकाल छोटो रहे पनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।

त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्ने दाबी गरे । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनले जिकिर गरेका छन् ।

अपांगता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगायत विभिन्न संघसंस्थाले बुधबार काठमाडौँमा प्रभात फेरी आयोजना गरेका थिए । प्रभात फेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।