२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपांगता दिवस २०८२ : समावेशी समाजका लागि हाम्रो जिम्मेवारी

अ+ अ-

अपांगता भनेको कुनै पनि अवस्थाको अनुभव हो । जसले व्यक्तिलाई निश्चित गतिविधिहरू गर्न वा दिइएको समाज भित्र समान पहुँच प्राप्त गर्न गाह्रो बनाउँछ। अपांगता संज्ञानात्मक, विकासात्मक, बौद्धिक, मानसिक, शारीरिक, संवेदी वा धेरै कारकहरूको संयोजन हुन सक्छ। अपांगता जन्मदेखि नै हुन सक्छ वा व्यक्तिको जीवनकालमा प्राप्त गर्न सकिन्छ ।

अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवस २०८२ को अवसरमा “अपांगता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवर्द्धन ” नारासहित नेपल भरी अपांगता दिवस मनाइदैछ ।भने विश्व भरी फोस्टरिङ डिवाविलिटि सोसाइटिज फर एड्भान्सिङ सोसियल प्रोग्रेस नारा सहित विश्वभरी अपांगता दिवस मनाइदैछ ।

नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुलाई निम्नानुसार १० प्रकारमा विभाजन गरेको छ ।
अपांगताको वर्गीकरण
शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपांगता भएका व्यक्तिहरुलाई निम्न आधारमा वर्गीकरण गरिएको छ ।

१. शारीरिक अपांगता: स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अंगको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तैः बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।
२. दृष्टि सम्बन्धी अपांगता : दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने,
(क) दृष्टि विहीनता: औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुबै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३/६०) मा पढ्न नसक्ने व्यक्ति।
(ख) न्यून दृष्टियुक्तः औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६/१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीन: पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।

३. सुनाइ सम्बन्धी अपांगता : सुनाइका अङ्गको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति
(क) बहिराः असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।
(ख) सुस्तश्रवणः सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।
४. श्रवण दृष्टिविहीन अपांगता : सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपांगता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपांगताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।

५. स्वर र बोलाइ सम्बन्धी अपांगता : स्वर र बोलाइ सम्बन्धी अंगमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने व्यक्ति ।

६. मानसिक वा मनोसामाजिक अपांगता : मस्तिष्क र मानसिक अंगमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।

७. बौद्धिक अपांगता : उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)

८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपांगता : अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।

९. अटिज्म सम्बन्धी अपांगता : जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्यारहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)
१०. बहुअपांगता : एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपांगताको समस्या भएको व्यक्ति । (जस्तैः मस्तिष्क पक्षघात आदि)

यसरी समाजमा अपांगता भएका व्यक्तिहरुलाई १० प्रकारमा विभाजन गरिएको छ । सामान्य सामाजले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई मात्र अपांगता भएका व्यक्तिहरुको रुपमा बुझ्ने गर्दछन् । तर अन्य प्रकारका अपांगता झन जटिल बन्दैछन् । अहिले बालबालिकाहरुमा अटिजमको समस्या झन विकराल रुपमा देखिदैछ ।

सामाजिक संरचना र पहुँचयुक्तता नहुँदा समाजमा अपांगता भएकाहरुलाई जीवन यापन गर्न कठिनाइ भइरहेको छ । जस्तो कि कुनै दृष्टिविहीनले आफ्नो अध्ययन साकाइसकेपछि काम गर्छु भन्दा त्यहाँको संरचना अपांगता भएकोलाई पहुँचयुक्त नहुँदा तथा त्यहाँ व्रेललिपिको र स्कृन रिडर कम्प्युटर नहुँदासम्म उहाँहरुलाई अप्ठारो हुन्छ ।

बहिराहरुलाई दोभासे नहुँदासम्म काम गर्न अप्ठारो हुन्छ । शारीरिक अपांगता भएकाहरुलाई अपाङ्गमैत्री भौतिक संरचना नहुँदा काम गर्न अप्ठारो हुन्छ । मानसिक मनोसामाजिक अपांगता भएकाहरुला समाजमा जीवन यापन गर्न कठिनाइ छ । हेर्दा सामान्य मानिस जस्तै देखिने तर उहँहरुको मानसिक अवस्थाले राम्रोसँग काम गर्न नसकेको हुनाले गम्भिर समस्या हुने गर्दछ । त्यस्तै अन्य प्रकारका अपांगता भएकाहरुलाई पनि दैनिक जीवन यापन गर्न कठिनाई हुन्छ ।

जेन जेडको आन्दोलन पश्चात देश अर्कै मोडमा गएको छ । समाज सामाजिकीकरणमा अपांगता भएका व्यक्तिहरु पनि महत्वपूर्ण अंग हुनुहुन्छ । अतः अपांगता समावेशी समाजको प्रवर्द्धन गर्न सकेमा मात्र मामाजिक उन्नतीको समंवर्द्धन हुन्छ । अपांगता भएका व्याक्तीहरुले पनि समुचित न्याय सहितको समाज निर्माण हुनेछ ।