२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको सुझाव माग्न घरदैलोमा सरकार

अ+ अ-

काठमाडौँ । बिहीबार प्रसिद्ध बंगलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बंगलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । 

योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भिडभाडमा संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुगे ।

मन्त्री पुग्नेबारे स्थानीय जनप्रतिनिधिलाई कुनै जानकारी थिएन । अकस्मात् मन्त्री बंगलामुखी क्षेत्रमा पुगेपछि सर्वसाधारण र जनप्रतिनिधिसमेत अचम्मित भए । आफ्नै टोल र चोकमा पुगेका मन्त्रीसँग समस्या, पीडा र अपेक्षाहरू प्रत्यक्ष राख्न पाउँदा उनीहरू प्रफुल्लित भए । 

“पहिला मन्त्री भेट्न सिंहदरबार जानुपर्थ्यो, तर अहिले मन्त्री नै जनता भेट्न घरदैलोमा आउनुभयो”, स्थानीय प्रणव श्रेष्ठले भने, “नागरिक सरकारको साँच्चिकै अनुभूति भयो । यसरी नागरिकले मन्त्रीलाई प्रत्यक्ष भेटेर घर टोलमै समस्या राख्न पाउनु राम्रो हो ।”

    बंगलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासि सञ्चार मन्त्री देखेपछि दंग भइन् । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो । “मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्यै खुसी लागेको छ । यसरी कोही पनि मन्त्री आएका थिएनन्”, महर्जनले भनिन् । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्री भेट्दा पाउँदा औधी खुसी थिए । 

सिँढीमा घाम तापिरहनुभएका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसारी गर्न पाउँदा अनौठो लागेको बताए । पहिला मन्त्रीहरू ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताए।

“सिंहदरवारभित्र सबै नागरिक पुग्न सक्दैनन् । मन्त्री भेट्न सबैका लागि सजिलो हुँदैन । त्यसैले सरकार नागरिक कहाँ पुग्नुपर्छ”, मन्त्री खरेलले भने, “कार्यक्रमको आवरणविना, औपचारिकताविनै जब मन्त्री नागरिकको बिचमा पुग्छ, तब मात्र देशका वास्तविक समस्या, पीडा र अपेक्षा बुझ्न सकिन्छ ।”

नागरिक सरकारसँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरूसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उनको भनाइ छ । उहाँले भन्नुभयो, “यो नागरिक सरकार हो । सरकार सिंहदरबारमा मात्र सीमित छैन–सरकार त गाउँ–बस्ती, टोल–चोक र श्रमिकको पसिनामा छ । सिंहदरवार नै सरकार हो भन्ने भ्रम तोड्न अब सरकार आफैँ नागरिक कहाँ जानुपर्छ ।”

सञ्चार मन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गरेका छन् । उनले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिए । जेन जेड आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ । 

ललितपुर महानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले संघीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गरेको उल्लेख गरे। उनले बंगलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गरे । वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रशंसनीय कार्य भएको बताए ।

ललितपुर मात्र नभई देशभरका टोल–छिमेक र समुदायमा पुगेर नागरिकका आवाज सुन्नु र तिनलाई नीतिमा रूपान्तरण गर्नु नै सरकारको दायित्व भएको मन्त्री खरेलले बताए । उनले भने, “जनताको साथ, सुझाव र विश्वासले अझै राम्रो काम गर्न प्रेरित बनाएको छ ।”