२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाङ्लो बेकरीको क्रोइसन्टमा पनि ट्रान्स फ्याट सीमा भन्दा बढी, बजारबाट तत्काल फिर्ता गर्न आदेश

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चर्चित नाङ्लो बेकरी प्रा.लि. द्वारा उत्पादित क्रोइसन्टमा औद्योगिक ट्रान्स फ्याटको मात्रा कानुनी सीमा २ प्रतिशतभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता (रिकॉल) गर्न आदेश जारी गरेको छ।

विभागको बजार अनुगमन टोलीले बिक्री भइरहेका क्रोइसन्टको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा तोकिएको सीमाभन्दा बढी पाइएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले आज मंगलबार यो फिर्ता आदेश जारी गरेको हो।

गोदावरी-१४, ललितपुर ठेगाना रहेको उत्पादक कम्पनीले फिर्ता गर्नुपर्ने क्रोइसन्टको ब्याच नम्बर ०१ रहेको छ। यो ब्याच ३ डिसेम्बर २०२५ मा उत्पादन भएको र म्याद सकिने मिति १० डिसेम्बर २०२५ रहेको उल्लेख छ। 

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै क्रोइसन्ट बजारबाट फिर्ता ल्याउन र सार्वजनिक सूचना प्रकाशन गर्न र दफा ३८(४) बमोजिम बिक्री-वितरण पूर्ण रूपमा रोक्न कम्पनीलाई कडा निर्देशन दिएको छ।

ट्रान्स फ्याटको अत्यधिक सेवनले मुटुरोग, मधुमेह र अन्य दीर्घरोगको जोखिम बढाउने भएकाले सरकारले २०८१ सालदेखि सबै खाद्य पदार्थमा २ प्रतिशतभन्दा बढी ट्रान्स फ्याट राख्न पूर्ण प्रतिबन्ध लगाएको थियो। यो नियम लागू भएपछि ठूला तथा चर्चित ब्रान्डको उत्पादनमा पहिलो पटक यति ठूलो मात्रामा उल्लंघन भएको घटना सार्वजनिक भएको हो।

दैनिक उपभोग्य वस्तुको गुणस्तर जाँचमा आक्रामक बनेको विभागले पछिल्ला केही महिनायता सचेतनासँगै अनुगमन र कारबाहीमा कडाइ गर्दै आएको छ। केही दिनअघि मात्रै खजुरीको पफमा पनि ट्रान्स फ्याट मापदण्डभन्दा बढी देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको थियो।

आम नागरिकको दैनिकीमा जोडिएका खाद्यवस्तुमा गुणस्तर अनिवार्य रहेको र मापदण्ड उल्लंघन गर्ने जो-कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताएकी छिन्। 

साथै ट्रान्स फ्याटसम्बन्धी कानून लागू भएको लामो समय भई सकेको र व्यवसायीलाई यसबारे पर्याप्त जानकारी दिइसकिएको अवस्थामा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै उपभोक्ता आफैँ पनि उपभोग गर्ने वस्तुबारे सचेत हुनुपर्ने उनको भनाइ छ।