काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिको लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले बिहीबार सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो।
।
ऐन २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली, २०७४ बमोजिमका योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।








