२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

अ+ अ-

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाइतेहरू अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स(एनएसडब्ल्यू)प्रहरीले सोमबार पुष्टि गरेको छ ।

 सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको  गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ ।  

सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालिकाहरू समेत रहेको पुष्टि गरेका छन् । 

अधिकारीहरूले घटना पछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरी अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

“अनुसन्धानकर्ताहरूले घटना स्थलमा अनुसन्धान गरिरहँदा बोन्डी समुद्र तट र बोन्डी क्षेत्रका वरपरका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ  ।  

हनुक्का मनाउन सयौँ मानिसहरू भेला भएको अवस्थामा यहुदी समुदायलाई लक्षित गरिएको यो आक्रमणलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरिएको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारी पछि राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निन्दा गरेका छन् । उनले उक्त घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमणको रूपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेका छन् । 

उनले घटना “हनुक्का मनाइ रहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित रहेको बताउँदै आनन्दका साथ उत्सव, मनाई रहेका यहूदी विरोध, आतङ्कवाद भन्दै घटना हृदय विदारक भएको बताएका छन् । 

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा भएको घातक गोली काण्डमा संलग्न दुई संदिग्ध बाबु र छोरा छन् । 

पत्रकार सम्मेलनमा बोल्दै लान्यानोनले ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको र  अवस्था गम्भीर रहेको बताएका छन् । 

नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूद्वारा सुरक्षित रूपमा हटाइएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।