काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।
सो क्रममा पोखरेलले केही बेर अघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदै छ ।
पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।







