२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्या भट्टराईले भनिन् : ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई स्वीकार्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई सबैले स्वीकार्नुपर्ने बताएकी छन् ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई अभ्यास गर्दै गर्दा नेतृत्वबारे आँकलन गर्नु व्यर्थ हुने बताइन् ।

भट्टराईले भनिन्, ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्नुपर्छ भनेर जुन अवलम्बन गरिन्छ भने त्यो विधिबाट जे आउँछ त्यसलाई स्वीकार्नुपर्छ। जब ७० वर्ष भन्ने प्रावधान हटाइयो, त्यो हटाइसके पछाडि त उहाँको वर्चस्व देखिने, त्यही उमेर समूहबाट आउने कुरा स्वाभाविक भयो ।’

उनले राजनीतिक दल सबै उमेर समूहको प्रतिनिधित्व हुने ठाउँ भएको बताइन् । भट्टराईले थपिन्, ‘हामीले युवाहरूलाई आउनका लागि प्रेरित गर्नुपर्छ । त्यो प्रेरित गर्ने कुरामा हामीले यो पटक ३३ प्रतिशत पुर्‍याउनका लागि, आरक्षित गर्नुपर्छ भन्ने हिसाबले नै युवाहरूलाई यति प्रतिशत दिनुपर्छ भनेर सुरुवात पनि गरिरहेका छौँ । तर त्यो अझै पनि पर्याप्त छैन । सदस्यमा मात्र होइन, पदाधिकारीहरूमा पनि अब नयाँहरूलाई आउनका लागि प्रोत्साहित गरेर जानुपर्छ भन्ने बहस सुरु भएको छ ।’

नेतृ भट्टराईले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेपछि जित्नेले समन्वयकारी भूमिका खेल्नुपर्ने बताइन् ।