काठमाडौँ । एमालेको उपमहासचिवमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।
केपी ओली प्यानलबाट रिमालले उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, उनी दुवै पदमा पराजित भएका छन्।
एमालेका तीन उपमहासचिवमध्ये ओली प्यानबाट लेखराज भट्ट र रघुवीर महासेठ विजयी भए भने रिमाल पराजित भए।
उनको ठाउँमा ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका हुन्।
ओलीका विश्वासपात्र मानिने रिमालले पार्टी र ओलीको डिजिटल ब्रान्डिङमा अहम् भूमिका खेलेको बताइन्छ।







