२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट काम गर्ने पाँच सशस्त्र प्रहरी युएन शान्ति मिसनमा छनौट 

अ+ अ-

काठमाडौँ । उत्कृष्ट काम गर्ने पाँच जना सशस्त्र प्रहरी कर्मचारी युएन शान्ति मिसनमा छनौट भएका छन्। विपद् व्यवस्थापन तथा खेलकुदमा उत्कृष्ट भएकालाई सो अवसर दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।  

शस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिई उद्धार गर्ने  सशस्त्र प्रहरी कर्मचारी, २०८१ सालमा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत सो अवसर दिइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी मनिष थापाले बताए। 

यसरी मिसनमा छनोट हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्ट, सहायक हवल्दार भरत काफ्ले, सहायक हवल्दार मेख बहादुर गुरुङ, हायक हवल्दार किरण बहादुर भण्डारी र प्रहरी परिचर पुरन राई छन्। 

सहभागी सहुनेहरुमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटक सम्म खटिई १० जनाको सकुशल उद्धार गर्नुकासाथै ११ वटा शव निकालेका थिए भने २ जना  पर्यटकको समेत जीवितै उद्धार गर्न सफल भएका थिए । यस्तै, सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जना मध्ये ५ जनाको रोप रेस्क्यु विधिद्वारा सकुशल उद्धार गर्नुकासाथै विभिन्न घटनामा २० पटक खटिई १५ जनाको शव निकालेका थिए ।

सशस्त्र प्रहरी सहायक हवल्दार मेख बहादुर गुरुङले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा समेत निरन्तर खटिँदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुकोसाथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए  । आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवल्दार किरण बहादुर भण्डारी गतवर्षको उत्कृष्ट ‘वर्ष जवान-२०८१’ घोषित भएका थिए । उनलाई पनि संगठनको नीति अनुसार मिशनको अवसर दिइएको डिआइजी थापाले बताए। 

त्यसैगरी सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए। छनोटलाई पादरर्शी बनाई उत्कृष्ट काम गर्नेहरूलाई शान्ति मिसनको अवसर दिने अभ्यास थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।