२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ

अ+ अ-

मोरङ ।  संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् । 

मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उनले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिइन् । 

मन्त्री श्रेष्ठले मन्त्रालयले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाइन् । उनले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिइन् । 

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरुद्ध काम गर्नुका साथै जनचेतना जगाउने, उद्धार र पुनस्थापनामा सहजीकरण गर्दै आएको जानकारी दिइन्। अहिले पनि किशोरीहरू अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनमा परी बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, संघसंस्था, सरकारी निकाय सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा उनले जोड दिइन् ।