२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु रिमालले भने- ‘प्रतिस्पर्धामा हार-जित स्वभाविक’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का नेता विष्णु रिमालले ११औँ राष्ट्रिय महाधिवेशनमा भएको नेतृत्व चयनको परिणामलाई लोकतान्त्रिक अभ्यासको एक हिस्सा भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टीममा उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी दुवै पदमा निर्वाचित हुन नसकेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

रिमालले ११औँ महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सफल भएको बताएका छन । आफू पराजित भए पनि पार्टीभित्रको प्रतिस्पर्धालाई उनले ’स्वाभाविक र स्वस्थ अभ्यास’ को संज्ञा दिएका छन् ।

साथै जनताको बहुदलीय जनवाद (जबज) को व्याख्या गर्दै नेता रिमालले प्रतिस्पर्धाबाट श्रेष्ठता स्थापित गर्नु नै पार्टीको मूल भावना भएको उल्लेख गरेका छन् ।

‘पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात् गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु नै जबजको मूल भावना हो,’ उनले भनेका छन्, ‘यही भावना अनुरूप मैले निर्वाचनको परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको छु ।’

पार्टीभित्र आफ्नो औपचारिक पद वा भूमिका परिवर्तन भए पनि पार्टी बनाउने साझा संकल्प र कमरेड्ली भावनामा कुनै परिवर्तन नआउने उनको भनाइ छ ।

आफूलाई सद्भाव राख्ने शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि एउटै लक्ष्यका साथ पार्टी काममा सक्रिय रहने स्पष्ट पारेका छन् ।

ओलीले प्रस्ताव गरेको प्यानलमा रिमाल र एक उपाध्यक्ष बाहेक सबै निर्वाचित भएका थिए । रिमालको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा पराजयपछिको ‘धैर्यता र उच्च राजनीतिक संस्कार’ का रूपमा हेरिएको छ ।