२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन

अ+ अ-

राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् । 

वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । वडा नंं १४ र २० ले आफ्नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए ।

“उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ”, उनले भने, “वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।”

नगरप्रमुख विष्टका अनुसार, वडा नं ६, ९, १४ र २० को वडा कार्यालय भवन निर्माण भइरहेको छ । वडा कार्यालय भवन निर्माणका लागि रु २० लाखका दरले बजेट निकासासमेत गरिसकिएको छ । नेपालगञ्ज–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आनन्दनगर टोलमा वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए।

उनले गत आवमा वडाको रु २५ लाख बजेट र बाँकी उपमहानगरपालिकाले व्यवस्थापन गर्नेगरी निर्माणको काम सुरु गरिएको जानकारी दिए। यो आवको अन्त्यसम्ममा वडा कार्यालय भवन सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ । 

जेन जेड आन्दोलनका क्रममा उपमहानगरपालिकाको भवनसमेत आगजनी गरी क्षतिग्रस्त गरेपछि हाल अस्थायी संरचनाबाट सेवा प्रवाह भइरहेको छ । उपमहानगरपालिकाका महाशाखाले क्षतिग्रस्त भवन र अस्थायी संरचना तयार गरेर सेवा प्रवाह सुरु गरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।