२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह

अ+ अ-

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउन सक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए । “युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आम नागरिक सचेत हुनुपर्छ । सकारात्मक परिवर्तन गर्न सक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ”, उनले भने ।

परिवार छोडेर विदेशिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिए। “यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरूलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईँहरूले सही नेतृत्व चयन गर्नुहोला”, उनले भने ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको धारणा राखे । “समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ”, उनले भने ।

 मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताए। उनले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राखे  ।