काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशमान सिंहले १५औँ महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताएका छन् ।
काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विधि-प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिए ।
सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको पालना अनिवार्य रहेको उल्लेख गरे ।







