२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसको विषयमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको छ ।

सोमबार बसेको राप्रपा काठमाडौँ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित चार जना र समानुपातिकतर्फ प्रा.डा. जयन्तनाथ खनालसहित छ जनाको नाम सिफारिस भइसकेको स्पष्ट पारेको छ । समितिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका भ्रामक सूचनामा विश्वास नगर्न पनि आग्रह गरेको छ ।

क्षेत्रीय समितिले पुस १ गते नै निर्णय गरी उम्मेदवार सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गराइसकिएको जानकारी दिँदै उक्त निर्णयमा कुनै फेरबदल नभएको र पूर्ववत् निर्णयमै प्रतिबद्ध रहेको जनाएको छ ।

बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बागमती प्रदेश ‘ख’ का अध्यक्ष भीमसेन पुरी, समिति सदस्य विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा नम्बर ३१ का अध्यक्ष चमन कोइराला, वडा नम्बर ११ का अध्यक्ष अम्बिका अर्याल, वडा नम्बर २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य शक्ति चौंलागाईं र विपिन वली तथा वडा नम्बर ३१ का सचिव रामकिशोरलगायतको सहभागिता रहेको थियो ।

कुल १६ सदस्यीय समितिमध्ये ११ सदस्यको बहुमतबाट उक्त निर्णय गरिएको बैठकले जनाएको छ ।

No description available.