काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार सुनधाराबाट फरार भएका दुईजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका बाराकै परवानीपुर गाउँपालिका वडा नम्बर २ घर भएका ३२ वर्षीय विवेकलाल साह रहेका छन् ।
कारागारबाट भागेपछि लुकिछिपी बस्दै आएको अवस्थामा दुबैलाई वीरगन्जबाट मंगलबार जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
हाल दुवै जनालाई वीरगन्ज कारागारमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।







