काठमाडौँ । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने–खेलाउने ७ जना पक्राउ परेका छन् ।
काठमाडौँको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।







