२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यक’ : पूर्वराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताएका छन् । 

आज धनुषाको हंसपुर नगरपालिका-६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् नि:शुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिए । समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा. यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । 

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताए । उनले शिविरमा उपचार गराएर स्वास्थ्य लाभ लिनका लागि सबैलाई आग्रह गरे । 

हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल-भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

शिविरका आयोजक समाजसेवी गंगाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनताले भारत तथा काठमाडौँमा उपचार गर्न बाध्य हुनुपरेको भन्दै शिविरबाट केही राहत हुने बताए । कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दिग्विजयकुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदनकुमार महरा, वरिष्ठ चिकित्सक डा गौरांगा मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरंगप्रसाद साहलगायतले सम्बोधन गरेका थिए।

शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटु, मिर्गौला, बाँझोपन, स्त्री, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित नि:शुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ ।