२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाल रौतहट-१ बाट उम्मेदवार सिफारिस 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । 

नेपाली कम्युनिस्ट पार्टी क्षेत्रीय समितिले शुक्रबार रौतहटको चारवटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 

पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गृह जिल्ला रौतहट-१ बाट यसअघि २०५६ को आम चुनाव र २०७० सालको दोस्रो संविधानसभा चुनावमा नेपाल निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ-२ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा फेरि रौतहट १ बाटै विजयी भए । यसपटक नेपालको क्षेत्र नम्बर १ बाटै एकल नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट कमरेज अख्तर, मोहम्मद अब्दुल्लाह, प्रविन्द्र पटेल, नितेषनन्दन मिश्र र सतिन्द्रप्रसाद यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट धिरज पटेल, रामभरोसी यादव, विन्देश्वर यादव र पुनम यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट रामकुमार भट्टराई, युवराज भट्टराई (समीर) देवेन्द्र पटेल र जेन-जीबाट आशिष लामाको नाम सिफरिस भएको छ । 

रामकुमार र देवेन्द्र पटेल संविधानसभा सदस्य हुन् । युवराज भट्टराई हाल मधेश प्रदेश सभा सदस्य छन् । समानुपातिकतर्फ कल्याणी खड्का देवकी नेपाल कमल राय यादव, आशिष वाईबालगायत १२ जनाको नाम सिफारिस भएको नेपाल कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईले जानकारी दिएका छन् ।