काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रूपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।
सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिएका छन् ।
उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताएका छन् ।













