काठमाडौँ। पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूची टुंग्याउने भनेर आज बसेको रास्वपा बैठक बिना निष्कर्ष सकिएको छ । आजै उज्यालो नेपालसँग फेरि वार्ता हुने भएपछि रास्वपाले निर्णय लिन सकेन ।
स्रोतका अनुसार बैठक करिब ३० मिनेटमै सकिएको थियो । बैठकमा कुलमान घिसिङलाई समेट्ने विषयमा सामान्य छलफल भएको स्रोतले बताएको छ ।
रास्वपाले समानुपातिक उम्मेदवारका लागि प्राइमरी इलेक्सन गरेर त्यसको नतिजा आइसकेको छ । प्राइमरी इलेक्सनको नतिजालाई ५० प्रतिशत र अन्य मूल्यांकन ५० प्रतिशत भार दिने व्यवस्था रहेको छ । तर, बालेनसँग एकता हुने भएपछि प्राइमरी इलेक्सनबाट छनोट भएकाहरूले पनि ठाउँ खाली गर्नुपर्ने दबाब छ ।







