२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन गुरुङले भने : ‘रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु’

अ+ अ-

काठमाडौँ ।  ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् ।

‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । जनताको खुसी हुने काम गरेँ,’ उनले भने, ‘चुनाव त मेरो प्राथमिकतामा छैन । धेरै नेशनल समस्या हल गर्नुपर्ने छ । अब १-२ तारिक (जनवरी)मा सिभिलियन फोर्स गठन गर्छौँ । सबै नेपालीलाई एकै छातामा राख्ने काम गर्छौँ ।’

उनले आफ्नो मिसन नेपाललाई डिजिटल रूपमा एक ठाउँमा कसरी जोड्ने भन्नेमा रहेको पनि बताएका छन् ।

‘यो फोर्समार्फत टोलदेखि, गाउँदेखि समस्याहरू केन्द्रमा पुर्‍याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पहिलो त उहाँहरू (रवि, बालेन र कुलमान)लाई मिलाउने थियो मिलाएँ ।’

आज बालेन, रवि र कुलमानसँग वार्ता गर्नका लागि एक ठाउँमा बस्ने वातावरण बनाएको पनि उनको दाबी छ ।

‘आज कुलमान दाइलाई उहाँहरू (रवि(बालेन) भएको ठाउँमा लिएर गएँ र भनेँ, ‘तीन जना भएर देश चलाउनुपर्‍यो,’ उनले थपे, ‘हामी यति लड्यौँ । काँग्रेस-एमाले त मिले तपाईँहरू हाम्रो लागि मिल्न नसक्ने ? भनेपछि तीन जना बस्नु भयो । रिजल्ट पनि आयो ।’