२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डकेन्द्रसिंह थेगिमको आरोप : ‘कुलमान घिसिङले सल्लाह नगरी पार्टी विलय गरे’

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएपछि आफूहरू अलमलमा परेको बताएका छन् ।

उनले पार्टीका संरक्षक कुलमान घिसिङ कसैसँग सल्लाह नै नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति बनेपछि पहिचानको आन्दोलन, धर्म निरपेक्षता र संघीयताको मुद्दा नै के हुने भन्ने विषयले अलमल परेको बताए । उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि एकल निर्णय गरेको बताए ।

उनले कसैसँग सल्लाह र छलफल नै नगरी पार्टी विलय भएको राम्रो कुरा नभएको बताए । उनले भने, ‘हामी अहिले बिलखबन्दमा परेका छौँ । के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा छौँ ।’ उनले पार्टीभित्र संरक्षक घिसिङले पार्टी विलय गरेपछि क्रिया र प्रतिक्रिया जारी रहेको बताए ।

उनले भने,‘यो एकता होइन । एकता भएको भए उज्यालो नेपाल पार्टीको केही न केही त जोडिन्थ्यो होला यो त पार्टी समाहित भएको हो । पार्टी समाहित भएको विषयमा आफूहरूसँग सल्लाह भएको छैन ।’ उनले पार्टीका संरक्षक घिसिङले पार्टी विलय गराएको भन्दै अहिले आफूहरू के गर्ने र कसरी अगाडि जाने भनेर अलमलिएको बताए ।

प्रदेशको नाम कोशी राखिएपछि सुरु भएको आन्दोलनबाट पहिचानको मुद्दाका आधारमा निर्वाचनमा जाने तयारी सहित संयुक्त पहिचानवादी मोर्चा बनेको थियो । ६ महिना भित्रमा पार्टी निर्माण गर्नेगरि विभिन्न पहिचानवादी दल र समूह मिलेर मोर्चाले एक वर्ष सम्म दल भने दर्ता गर्न सकेको थिएन ।

दल दर्ता गर्न नसकिरहेको बेला सो मोर्चाका दुई नेताहरू थेगिम र प्रोफेसर डा.महेन्द्रलावती उज्यालो नेपाल पार्टीमा गएका थिए । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य थेगिमले उज्यालो नेपाल पार्टीले पहिचानको मुद्दा, धर्म निरपेक्षता, समावेशिता र संघीयताको पक्षमा बोल्ने आशा राखेको भए पनि अव के हुने भन्ने विषयमा अन्यौलता थपिएको बताए ।

उनले भने,‘हामीले पार्टीको चुनावी घोषणा पत्रमा संघीयता धर्म निरपेक्षता र पहिचानको मुद्दालाई लेख्न घिसिङ जी लाई मनाएका थियौँ। तर उहाँ त एकलौटी पाराले पार्टी विलय गराएर जानु भएको छ । यसले समग्र पहिचान पक्षधर र धर्म निरपेक्ष पक्षधरलाई अलमलमा पारेको छ ।’

उज्यालो नेपाल पार्टी रास्वपा सँग मिलेसँगै निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा संयुक्त पहिचानवादी मोर्चाका नेता डा.महेन्द्र लावतीको समेत नाम सार्वजनिक भएको छ ।