२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो : ‘जेन जेड आन्दोलनमा सरकारको दमन गलत छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेन जेड आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् ।

‘विधिको शासन, जन अनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गरिएको छ । यसलाई हामीले स्वीकार नगर्दा समस्या आइरहन्छ । शान्ति खलबलिन्छ । स्थायित्वको बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘०४६ पछि हामीले एउटा व्यवस्था ल्यायौँ । ०६२र०६३ बाट अर्को सरकार बन्यो शान्ति स्थायित्व हुन सकेन । फेरि भदौमा २३ मा अर्को घटना घट्यो । असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले प्रकट गर्ने र सरकारले पनि शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न सकेन भने यस्तो अवस्था आउँछ । सुशासनको लागि आन्दोलन जायज छ तर, सरकारको तर्फबाट भएको दमन गलत छ । दोस्रो दिन जे भयो त्यो पनि गलत छ।’

उनले जेन जेड आन्दोलनका कारण देशको दुई आर्थिक वर्षको बजेट जत्तिकै क्षति भएको विवरणहरू आएको पनि सुनाएका छन् ।

‘जेनजी आन्दोलनका कारण जुनखाले असर देशलाई भयो अन्तर्राष्ट्रिय इस्टिमेटअनुसार हाम्रो २ वर्षको बजेट बराबरको खर्च भएको भनिएको छ । ठुलो पुँजी पलायन भको छ, नेपालकै पुँजी । यहीँकै पुँजी भयानक पलायन भएको छ’ उनले भने ।

महतले पुराना दलहरूले पनि कमीकमजोरी गरेको बताए । ‘राना दलले कमीकमजोरी भएको छ । यसलाई आत्मसात् गर्नुपर्छ सुधार गर्नुपर्छ दुई मत नै छैन,’ उनले भने, ‘हामीले प्रोटेस्ट गर्ने तरिकालाई पनि ध्यान दिनुपर्छ । आन्दोलनको विषयमा सरकारी संयन्त्र पनि फेल भयो । जुन आन्दोलन गर्‍यौँ भन्नेहरू हुनुहुन्छ उहाँहरू पनि अनुशासनमा बस्न सक्नु भएन। अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।’