काठमाडौँ । सशस्त्र प्रहरी बलका डिएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डिएसपी हुन् ।
बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए ।
लगत्तै हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो । साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कोइराला एक महिना अघि मात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।







