२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

अ+ अ-

एएफपी । दुई राष्ट्रहरू बिचको नयाँ युद्ध विरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियाली सैनिकहरूलाई युद्ध बन्दीको रूपमा रिहा गरेको छ ।

दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको पुरानो सीमा विवाद यस वर्ष धेरै पटक सैन्य झडपमा परिणत हुँदा डिसेम्बरमा पछिल्लो चरणको लडाइँमा दर्जनौँ मानिस मारिए र दस लाख भन्दा बढी विस्थापित भए ।

कम्बोडियाको सरकारी टेलिभिजनले देखाएको भिडियोमा रिहा भएका सैनिकहरू मध्ये केही मुस्कुराएका केहिले हात मिलाइएको र केहिले अंकमाल गर्दै सीमावर्ती प्रान्तमा बसको झ्यालबाट भीडलाई उत्साहित गर्न इशारा गरेको देखिएको छ ।

बन्दि सैनिकहरूका परिवारले परिवारको मिलनमा खुसी व्यक्त गर्दै भेट्ने प्रतीक्षा गरिरहेका छन् भने कम्बोडियाको रक्षा मन्त्रालयले १५५ दिनसम्म हिरासतमा राखिए पछि बुधबार १८ जना सैनिकलाई रिहा गरी सुरक्षित रूपमा मातृभूमिमा फिर्ता गरिएको बताएको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयले पनि उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै सद्भावना र विश्वास प्रदर्शनको गरेको बताएको छ ।

दक्षिण पूर्वी एसियाली छिमेकीहरू शनिबार युद्ध विरामका लागि सहमत भएसँगै झडपहरू–तोप खानाको बमबारी र हवाई आक्रमण बन्द भएको जनाइएको छ ।

द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनलाई लिएर क्षेत्रीय विवादबाट उत्पन्न भएको हो, जहाँ दुवै पक्षले शताब्दीयौँ पुरानो मन्दिरका भग्नावशेषहरू दाबी गरेका छन् ।

शनिबार हस्ताक्षर गरिएको युद्ध विराम अन्तर्गत कम्बोडिया र थाइल्यान्डले युद्ध विराम गर्ने, सेनाको गतिविधि रोक्ने र आफ्नो सीमामा सुरक्षा प्रयासमा सहयोग गर्ने वाचा गरेका छन् ।

उनीहरूले सीमावर्ती क्षेत्रबाट विस्थापित नागरिकहरूलाई लामो युद्धबाट सकेसम्म चाँडो घर फर्कन अनुमति दिन पनि सहमत भए, सहमति बमोजिम थाइल्यान्डले युद्ध विराम पछि १८ जना बन्दी कम्बोडियाली सैनिकहरूलाई ७२ घण्टा भित्र फिर्ता गर्नुपर्ने थियो ।

कम्बोडियाले जुलाई-२९ मा आफ्ना सैनिकहरूलाई थाई सेनाले कब्जा गरेको बताएको छ-युद्ध विरामको लगभग आठ घण्टा पछि पाँच दिनको घातक झडपहरू रोकिएका जनाइएको छ ।

पाँच महिना पछि, थाइल्यान्डले कम्बोडियालाई आफ्नो इलाकामा २५० भन्दा बढी ड्रोन उडाएर सम्झौता उल्लंघन गरेको आरोप लगाए पछि, युद्ध विराम समाप्त भएको थियो ।

बुधबार नोम पेन्हबाट कम्बोडियाका सूचना तथा सञ्चार मन्त्री नेथ फेक्ट्राले आफ्ना १८ वीर सैनिकहरू“ कम्बोडियाको भूमिमा फर्किएको पुष्टि गरेका छन् ।

मानवीय पर्यवेक्षकका रूपमा सैनिकहरूको फिर्तीलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसीआरसी)ले उनीहरूको रिहाइलाई स्वागत गरेको छ ।

आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोल्जारिकले विज्ञप्ति मार्फत उनीहरूको घर फिर्तिले परिवारहरूलाई पुनर्मिलन गर्न र दुई देशहरू बीच विश्वास निर्माण गर्न अनुमति दिई स्थायी शान्तिको मार्गलाई समर्थन गरेको बताएका छन् ।

यस अघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेको थियो, यद्देपी युद्ध विराम भने अल्पकालीन थियो ।

अक्टोबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरूले आफ्नो युद्ध विराम लम्ब्याउन सहमत भए पछि नयाँ व्यापार सम्झौताहरूको चर्चा गर्दै घोषणामा हस्ताक्षरको निरीक्षण गर्न मलेसिया जानु भएको थियो ।

सम्झौताले थाइल्यान्डले कब्जा गरिएका कम्बोडियाली सैनिकहरूलाई युद्धको बन्दी भन्दै तुरुन्तै रिहा गर्ने बताएको थियो ।

तर, सीमामा गस्ती गर्दा थाई सैनिकहरू वारुती सुरुङमा घाइते भएपछि ब्यांककले सम्झौता स्थगित गरेको थियो ।

दुई देश शनिबार लडाइँ रोक्न सहमत भए पनि उनीहरूले अझै पनि आफ्नो विवादित सीमाको सीमांकन समाधान गर्न आवश्यक रहेको जनाइएको छ ।

कम्बोडियाले सोमबार थाइल्यान्डलाई जनवरीको सुरुमा कम्बोडियामा हुने द्विपक्षीय बैठकमा सामेल हुन सर्वेक्षण र सीमांकन कार्यबारे छलफल गर्न र जारी राख्न आह्वान गरेको बताएको छ ।

तर थाइल्यान्डले फेब्रुअरीमा आम चुनाव सम्पन्न गरेपछि अर्को सरकारको लागि कार्य पर्खनु पर्ने हुन सक्ने मंगलबार बताएको छ ।