२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य परीक्षण शुल्क खारेज गर्ने श्रम मन्त्रीको निर्णयमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्ने निर्णयमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनले स्वास्थ्य परीक्षण शुल्क खारेज गर्ने श्रम मन्त्रीको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याइएको थियो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले उक्त निर्णय खारेज गरेका थिए । निर्णय खारेज गर्दै पुरानै अवस्थामा स्वास्थ्य परीक्षण गराउन भनेका थिए ।

श्रम मन्त्रीको उक्त निर्णयविरुद्ध नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले उक्त निर्णय खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटको अन्तिम आदेश नआएसम्म स्वास्थ्य व्यवसायीले पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गराउनुपर्ने भएको छ । श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट ९ हजार ५ सय शुल्क र ३४ प्रकारका स्वास्थ्य परीक्षण गराउनुपर्ने भनेको थियो ।

सोही अनुसार स्वास्थ्य व्यवसायीले स्वास्थ्य परीक्षण सुरु गरेका थिए । तर, श्रम मन्त्री नियुक्त भएर आएपछि भण्डारीले शुल्क बढाउने निर्णय खारेज गरेका थिए ।

तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा ६ हजार ५ सय शुल्क बढाएर ९ हजार ५ सय पुर्‍याउने निर्णय गरेका थिए । उक्त निर्णयमा विवाद देखिएपछि तत्काल कार्यान्वयनमा जान सकेको थिएन ।

४ मंसिरमा स्वास्थ्य संस्थाहरूको अनुगमनपछि श्रम मन्त्रालयले तत्कालीन समयमा श्रम मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीबाट मन्त्री स्तरीय निर्णय गरेर बढेको शुल्क कार्यान्वयनमा गएको थियो ।

श्रम मन्त्रालयले स्वास्थ्य व्यवसायीको अनुगमन गरेर शुल्क कार्यान्वयन गराउन पत्राचार गरेको थियो । उक्त निर्णयको म्यानपावर व्यवसायीले नै विरोध जनाएका थिए ।

श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अनावश्यक शुल्क बढाइएको भन्दै खारेज गर्न माग गरेका थिए । म्यानपावर व्यवसायीले श्रम मन्त्रालयले तोकेको ३४ प्रकारका स्वास्थ्य परीक्षण विदेशमा आवश्यक समेत नरहेको दाबी गर्दै आएका थिए ।