२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्यांकप्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा  दृश्यसँगै तथ्यांक प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । 

सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनको विश्व प्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित  क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता  लिइन्छ । 

ती ‘क्यामरा एआई’ प्रविधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ)प्रोटोकलका  भएका  ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ  प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्दछन् । अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उनले भने, “इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ ।  साथै पिटिजेड(स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट) हुने यी क्यामराबाट महत्त्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुने  छ ।”

अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ  प्रालीका निर्देशक कमल तामाङले जानकारी दिए ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले  महानगरलाई प्रविधि मैत्री बनाइँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली (तार रहित) बाट सिसिटिभी मार्फत निगरानी गरिने लक्ष्य रहेको जानकारी दिए। काठमाडौँ महानगरपालिका –३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत  निगरानीकक्षबाट गर्न सकिने बताए।  

काठमाडौँ महानगरपालिका–३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो । महानगरीय प्रहरी वृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहरा सिसिटिभी क्यामरा तेस्रो आँखा भएको बताए। उनका अनुसार यस्ता क्यामराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधीलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने  लगायतका काममा सहज हुन्छ ।