२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाले देउसी भैलो खेलेर जुटाएको रकमबाट तारा खेतमा सडक बत्ती

अ+ अ-

म्याग्दी । मंगला गाउँपालिका–२ तारा खेतका बालबालिकाले देउसी भैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडक बत्ती जडान गरेका छन् ।  तारा खेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडक बत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् ।

तिहारमा देउसी भैलो खेलेर जुटाएको रु. ३५ हजारसहित रु. ७० हजारको लागतमा १५ वटा सडक बत्ती जडान गरेर तारा खेतलाई झिलिमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए । 

“देउसी भैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि तारा खेतलाई सुरक्षित बनाउनका लागि सडक बत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।”

सडक बत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत वन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय वासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् । 

सडक बत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु. ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम संकलन गरेर सडक बत्तीको महसुल तिर्ने बताए। सडक बत्तीको तारा खेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिवार उद्घाटन गरे । स्थानीय विनोद भट्टचनले तारा खेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताए ।

अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि तारा खेतको सार्वजनिक स्थानमा फोहर संकलन गर्ने तथा सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने तारा खेतमा १७ घरपरिवारको बसोबास छ ।